आफ्नै भाइबुहारी र भतिजीको कुटपिटबाट मृत्यु

आफ्नै भाइबुहारी र भतिजीको कुटपिटबाट मृत्यु

गोरखाः जिल्लाको आरुघाट गाउँपालिका-४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी र भतिजीको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ। भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामले गत शनिबार दिउँसो चामबहादुरलाई कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले घटनाको जानकारी पाउनासाथ अभियुक्त दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। 

मंसिर ७, २०७८ मंगलबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।