कांग्रेस सल्यानकाे सभापतिमा केशबहादुर विष्ट 

कांग्रेस सल्यानकाे सभापतिमा केशबहादुर विष्ट 

सुर्खेतः नेपाली कांग्रेस सल्यान जिल्ला कार्यसमितिको सभापतिमा केशबहादुर विष्ट विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक भएकाे मतपरिणाम अनुसार सभापतिका प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट सभापतिमा विजयी भएका हुन्।

पुरी र विष्ट दुवै जना देउवा प्यानलबाट उम्मेद्वार बनेका थिए। साेमबार भएकाे निर्वाचनमा १२ सय २७ मत खसेकाे थियाे।

मंसिर ७, २०७८ मंगलबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।