एमाले महाधिवेशनको पूर्वसन्ध्यामा बुटवलमा प्रभातफेरी
बुटवलः नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुपन्देहीले चितवनमा हुन लागेको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा बुटवलमा प्रभातफेरी गरेको छ। महाधिवेशनको प्रचार प्रसारका लागि भन्दै अनेरास्ववियू रुपन्देहीले बुटवल बहुमुखी क्याम्पसबाट प्रभातफेरी गरेको हो।
प्रभातफेरी ट्राफिक चोक हुँदै पुनः क्याम्पस परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै अनेरास्ववियू स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले पार्टीभित्रबाट केही व्यक्तिहरू चोईटिएर निस्के पनि एमाले अहिले पनि पहिलो शक्ति रहेको सन्देश चितवनमा दिइने बताए।
अनेरास्ववियू केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, उपाध्यक्ष भरत अर्याल, रमेश ढकाल, सचिव प्रकाश पराजुलीले बोल्दै समाज रूपान्तरणको अभियानमा अनेरास्ववियू एक कदम अघि बढेको बताए।
मंसिर ७, २०७८ मंगलबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।