नवलपरासीमा नम्बर नखुलेको सवारीको ठक्करबाट २ जनाको मृत्यु
नवलपरासी(पश्चिम): जिल्लाको सुनवल नगरपालिका-४ रमवापुरमा गए राति सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ। सुनवल नगरपालिका-१० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो।
गए राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा राती साढे १ बजे मृत्यु भएको हो।
दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।
मंसिर ७, २०७८ मंगलबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।