किन चल्यो प्रियंका चोपडाको 'डिभोर्स'को हल्ला ?
एजेन्सीः बलिउड अभिनेत्री प्रियंका चोपडाको डिभोर्सको हल्ला अहिले चलचित्र वृतमा खुबै चलेको छ। आगामी डिसेम्बरमा प्रियंकाले हलिउड गायक निक जोनससँग विवाह गरेको ३ वर्ष पुग्न लागेका बेला उनको डिभोर्सको हल्ला चलेको हो।
तर हवा नचली पात हल्लिएको भने होइन। प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट जोनस थर हटाएकी छिन्। उनले प्रियंका चोपडा जोनस राख्दै आएको इन्स्टाग्रामको ह्याण्डलबाट एकाएक जोनस गायब भएपछि उनले डिभोर्स गर्न लागेको लख काटिएको हो।
यद्यपि यसबारे प्रियंकाले कुनै प्रतिक्रिया दिएकी छैनन्। वैवाहिक वर्षगाँठको छेवैमा उनले यस्तो कदम चाल्नुलाई भने सम्बन्धविच्छेदकै अनुमान लगाइएको छ।
मंसिर ७, २०७८ मंगलबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।