रौतहटमा दुई वटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते

रौतहटमा दुई वटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते

रौतहटः जिल्लाको चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरमा गए राति दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन्।

गौर-चपुर सडकखण्डमा ना५३प ६११२ नम्बरको मोटरसाइकल र ना४३प ६२४३ नम्बरको मोटरसाइकल गए राति पौने १ बजे आपसमा ठोकिएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-९ का २४ वर्षीय रामा शंकर साहको उपचारका क्रममा चपुर अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचारका भइरहेको छ रौतहट प्रहरीले जनाएको छ।

मंसिर ७, २०७८ मंगलबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।