संरक्षक परिषद्लाई एनआरएनएको निर्वाचन गराउने जिम्मा
काठमाडौंः परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनमा निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ। मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको हो।
गत कात्तिक १ गते कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल सकिएपछि सङ्घमा विवाद सुरु भएको थियो। त्यसपछि निर्वाचन गराउन संरक्षक परिषद्ले जिम्मा पाएको हो।
यस्तै केही पदाधिकारीले महाधिवेशन प्रतिनिधि चयन विधानविपरीत मापदण्डमा गरिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि छानबिन गर्न छानबिन समिति पनि गठन गरिएको थियो।
अध्यक्ष पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आउँदो डिसेम्बर १५ मा सङ्घको निर्वाचन गराउने तथा डिसेम्बर १९ र २० मा काठमाडौंमा महाधिवेशन गराउने जानकारी दिएका छन्।
मंसिर ७, २०७८ मंगलबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।