फिल्म घुइँचोमा एलिजा र कुन्साङको जोडी, दीपेन्द्र निर्देशक
काठमाडौँ : सामाजिक कथावस्तुमा फिल्म ‘घुइँचो’ निर्माण हुने भएको छ। सवाद काठमाडौँमा कार्यक्रम गरेर फिल्म निर्माणको घोषणा गरियो।
फिल्म दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा एलिजा गौतम र मोडल कुन्साङ बम्जनले अभिनय गर्दै छन्। बम्जनको यो डेब्यु फिल्म हो।
फिल्म आरजे म्युजिक एन्ड फिल्म्सको ब्यानरमा निर्माण हुँदै छ। चलचित्रका निर्माता रामजी दैलेखी हुन्।
फिल्मले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्देशक लामा बताउँछन्। फिल्मको छायाङ्कन आगामी माघको अन्तिम साताबाट सुरु गर्ने निर्माण पक्षको भनाइ छ।
मंसिर ७, २०७८ मंगलबार ०१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।