भूपेन्द्रका मुख्य हत्यारा नसमातिएको विरोधमा काठमाडौँमा प्रदर्शन
काठमाडौँ : कैलालीको लम्कीचुहाका २३ वर्षीय भूपेन्द्र बडूवालको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ नपरेपछि उनका शुभेच्छुकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
उनको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले आरोपीहरूलाई पक्राउ नगरेपछि युवाको एक समूहले माइतीघरमा प्रदर्शन गर्दै मैनबत्ती समेत बालेका थिए।
बडूवालको हत्याको मुख्य योजनाकार सोही ठाउँ बस्ने नवीन रावल रहेको उनको परिवारले दाबी गर्दै आएको छ। रावलसहित १६ जनाविरुद्ध बडूवालको आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन्। हत्यामा संलग्न रहेको आरोपमा १० जना पक्राउ परे पनि रावल समातिएका छैनन्।
प्रदर्शनमा सहभागीहरूले युवाको सुरक्षाको माग गरेका थिए। उनीहरूले हत्यामा संलग्नलाई फासिको माग समेत गरेका थिए। प्रदर्शनमा सहभागीहरूले पछि बडूवालको आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए।
मंसिर ६, २०७८ सोमबार १९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।