त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक क्याम्पसका प्राध्यापक काँग्रेस प्रदेश सभापति

त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक क्याम्पसका प्राध्यापक काँग्रेस प्रदेश सभापति

दाङ : त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका प्राध्यापक प्रकाश श्रेष्ठ(लाला)काँग्रेसको प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी दुर्गा घर्तीलाई ४० मत अन्तरले हराउँदै काँग्रेस दाङ प्रदेश क्षेत्र २ ‘क’ को प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। उनी यसअघि पनि पार्टीको घोराही १५ को सभापति थिए। उनले १ सय ६८ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी घर्तीले १ सय २८ मत ल्याएका थिए।

प्रदेश कार्य समितिका पदाधिकारीसहित कार्य समिति सदस्य र प्रदेश प्रतिनिधिमा अरू शिक्षकहरूले पनि जितेका छन्। शिक्षक सेवा ऐन अनुसार सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षकलाई कुनै पनि राजनीतिक सङ्गठनको सदस्यता लिन नपाउने र कार्यकारी पदमा बस्न नपाउने कानुनी प्रावधान छ।

उच्च अदालत पाटनले सरकारी कर्मचारी र शिक्षकहरूलाई पार्टीको प्रतिनिधि नबनाउन आदेश दिएको थियो। श्रेष्ठ निर्धक्क उम्मेदवार बनेर जिते पनि।

 

मंसिर ६, २०७८ सोमबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।