कर्णालीमा कांग्रेस महाधिवेशन : कालिकोट र जाजरकोटमा सर्वसम्मत

कर्णालीमा कांग्रेस महाधिवेशन : कालिकोट र जाजरकोटमा सर्वसम्मत

कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा हर्षबहादुर बम, कालिबहादुर सहकारी, भुपेन्द्रजंग शाही, मुक्ती प्रसाद न्यौपाने, नारायण भट्टराई सहित २४ जना चयन भएको महाधिवेशन प्रतिनिधि भुपेन्द्रजंग शाहीले जानकारी दिए।

यस्तै, जाजरकोट कांग्रेसले जिल्ला सभापतिमा बेदराज सिंह, उपसभापतिमा रत्नबहादुर खड्का र खड्क विसी, सचिवमा तेज विक्रम शाह र हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त र खड्का बुढा सर्वम्मत चयन गरेको पार्टी सभापति बेदराज सिंहले जानकारी दिए।

उनका अनुसार प्रदेशसभा सभापतिमा १ मा लिलाबहादुर शाह र २ मा जनक शर्मा न्यौपाने चयन भएका छन्। यस्तै, महाधिवेशन प्रतिनिधिमा राजीवविक्रम शाह, दीपकजंग शाह, सनतकुमार कार्की, इलमबहादुर शाही, महेन्द्रबहादुर शाहलगायत २४ जना चयन भएका हुन्।

मंसिर ६, २०७८ सोमबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।