लेहेंगाको ब्लाउजले ट्रोलरको नजरमा परिन आलिया
आदित्य सील र अनुष्का रञ्जनको पनि विवाह पक्का भइसकेको छ। उनीहरूले आफ्ना साथीभाइ र परिवारका लागि सङ्गीत उत्सव समेत राखिसकेका छन्।
उनको सङ्गीत पार्टीमा बलिउडका सेलिब्रिटीहरुको बाक्लो उपस्थिति थियो। पार्टीमा आलिया भट्ट पनि आएकी थिइन्। बोल्ड आउटफिटमा सङ्गीत कार्यक्रममा सहभागी उनले नाचेर माहौल रमाइलो बनाएकी थिइन्।
तर उनको ड्रेसकै कारण अहिले उनी सामाजिक सञ्जालहरूमा ट्रोल पनि भइरहेकी छिन्। उनले क्रस नेकसहित ब्याक लेस लेहेंगा लगाएर सङ्गीत पार्टीमा गएकी थिइन्। कागती कलरको रङको लेहेङगाको ब्लाउज भने अलि अनौठो थियो। यसो हेर्दा उल्टो लगाएझैँ।
केहीले उनको ड्रेस सेन्सको प्रशंसा गरिरहेका छन् भने केहीले भने फेसन डिजार्टर अफ दि एयर भनेर उडाइरहेका छन्। कतिले हतारमा ब्लाउज उल्टो लगाएको भन्दै उडाएका छन्।
मंसिर ६, २०७८ सोमबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।