करोड भ्युज क्लबमा 'रमरम मरौटी'
डेढ महिना अगाडि ओबी रायमाझीको व्यक्तिगत युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको थियो। यो गीत एक करोड २८ हजार पटक हेरिएको छ।
यो गीतका गायक तथा सङ्गीतकार खेम सेन्चुरी हुन्। अस्मिता अधिकारीले खेमलाई साथ दिएकी छिन्। म्युजिक भिडियोकी अभिनेत्री पूजा शर्मा, खेमले अभिनय गरेका थिए।
प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ। म्युजिक भिडियो करोड क्लबमा पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अभिनेत्री शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली सङ्गीतको स्रोत नै लोकगीत भएको बताएकी थिइन्।
उनले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौँतीको अर्थ नबुझेपछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएको बताएकी थिइन्।
मंसिर ६, २०७८ सोमबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।