नेपाल परिवार दलको अध्यक्षमा एकनाथ ढकाल निर्वाचित

नेपाल परिवार दलको अध्यक्षमा एकनाथ ढकाल निर्वाचित

काठमाडौंः नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा एकनाथ ढकाल निर्वाचित भएका छन्। शनिबार र आइतबार काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा ढकालसहित १०१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा क्रमशः मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगरलाई निर्वाचित गरेको छ।

काठमाडौंमा भएको महाधिवेशनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपराष्ट्रपति परमानन्द झालगायतका नेताहरूको उपस्थिती रहेको थियो।

मंसिर ६, २०७८ सोमबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।