१७औं दिनमा 'सूर्यवंशी'को कमाइ ४ सय २५ करोडमाथि
एजेन्सीः कोरोना महामारीले सताएको मनोरञ्जन क्षेत्रमा बलिउड चलचित्र सूर्यवंशीले उत्साह थपेको छ। चलचित्र प्रदर्शनमा आएको १७औं दिनमा सूर्यवंशीले ४ सय २५ करोडभन्दामाथिको कमाइ गरेको छ।
सूर्यवंशीले भारतसहित नेपाल, अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायत, दुबई र न्युजिल्याण्डमा पनि उल्लेखनीय व्यापार गरेको छ।
रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्रमा अक्षय कुमार, कट्रिना कैफको मुख्य भूमिका रहेको छ भने स्पेसल अपियरेन्समा अजय देवगन र रनवीर सिंह रहेका छन्।
यसअघि सन् २०२० मै रिलिज गर्ने भनिएको चलचित्र कोरोना महामारीका कारण एक वर्ष धकेलिएको थियो।
मंसिर ६, २०७८ सोमबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।