झापामा अटोरिक्साले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

झापामा अटोरिक्साले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

झापाः जिल्लाको मेचीनगर नगरपालिका-६ फाईरिङ चोकमा हिजो साँझ अटोरिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन्।

गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा बी.एण्ड.सी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।

हिजो साँझ साढे ६ बजे पैदल हिडीरहेका अधिकारीलाई मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिएको थियो। ठक्कर दिने अटो सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिइसकेको छ।

मंसिर ६, २०७८ सोमबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।