पोखरा लेकसाइडमा आगलागी, पाँच पसल क्षति
कास्कीः पोखराको लेकसाइड क्षेत्रमा आज बिहान आगलागी भएको छ। आगलागीमा परी पाँच वटा पसलमा क्षति पुगेको छ।
वडा प्रहरी कार्यालय बैदामकी प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङका अनुसार आज बिहान फेवाताल किनारमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन्। आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा झण्डै एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको तामाङले बताइन्।
मंसिर ६, २०७८ सोमबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।