आज कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन
काठमाडौंः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदैछ। कांग्रेसले यसअघि वडा, पालिका हुँदै प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनअन्तर्गत आज काठमाडौंका १० निर्वाचन क्षेत्रमा पनि अधिवेशन हुँदैछ। कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको छ।
यस्तै एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लामा आजै जिल्ला अधिवेशन पनि हुँदैछ।
कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
मंसिर ६, २०७८ सोमबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।