सिन्धुपाल्चोकमा ट्याक्टरले किचेर मृत्यु
सिन्धुपाल्चोकः जिल्लाको ईन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा गए राति ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ईन्द्रावती गाउँपालिका-५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझी रहेका छन्।
माझीको घटनास्थलमै मृत्यु भएको हो। कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जादै गरेको लु२त ८३०४ नम्बरको ट्याक्टरले माझीलाई गए राति १० बजे किचेको थियो।
सो सवारी साधन नियन्त्रणमा लिएको र चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
मंसिर ६, २०७८ सोमबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।