महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेको स्थायी कमिटी बैठक बोलाइयो
काठमाडौंः नेकपा एमालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनयन गर्न स्थायि कमिटीको बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बोलाइएको छ।
बैठकमार्फत विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गरिने बताइएको छ। एमालेको विधानअनुसार केन्द्रीय कमिटीले महाधिवेशनका कूल प्रतिनिधिमध्ये ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्नेछ।
यस्तै एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि समेत प्रतिस्पर्धा हुने भएको छ। हिजो पार्टी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरेसँगै पार्टी अध्यक्ष पदमा केपी शर्मा ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको हो।
चितवनमा यही मङ्सिर १०,११ र १२ गते एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ।
मंसिर ६, २०७८ सोमबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।