आजबाट प्रदेश सभा क्षेत्रमा राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन

आजबाट प्रदेश सभा क्षेत्रमा राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन आजबाट सुरु हुँदैछ। पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुनेछन्।

राप्रपाको महाधिवेशन यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौंमा हुँदैछ। आजबाट हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा ९ जना प्रतिनिधि छनोट हुनेछ।

यसअघिका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्।

राप्रपाको महाधिवेशनमा कूल चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन्।

मंसिर ६, २०७८ सोमबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।