माैसम अपडेट: प्रदेश १ मा वर्षा, गण्डकी र बागमतीका उच्च हिमाली भेगमा हिमपातको सम्भावना

माैसम अपडेट: प्रदेश १ मा वर्षा, गण्डकी र बागमतीका उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशको पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

यस्तै देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो भने प्रदेश नं १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूगको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहने महाशाखाले जनाएको छ।

मंसिर ६, २०७८ सोमबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।