काँग्रेस महाधिवेशनको खर्च जुटाउने समितिमा ठेकेदार र व्यापारी नेता

काँग्रेस महाधिवेशनको खर्च जुटाउने समितिमा ठेकेदार र व्यापारी नेता

काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको खर्च जुटाउन बनेको आर्थिक समितिमा व्यापारी नेताहरू मनोनीत भएका छन्।

समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गर्दा व्यापारी नेतालाई प्राथमिकता दिएका हुन्।

कार्कीले समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई मनोनयन गरेका हुन्।

सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्देन गुरुङ छन्। समितिको जिम्मेवारी  १४औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक खर्च जुटाउने हो।

पार्टीको कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।

मंसिर ५, २०७८ आइतबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।