नम्रता र दावाको ब्रेक अप !
काठमाडौँ : अभिनेत्री नम्रता श्रेष्ठ र पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाबिच ब्रेक अप भएको छ। चार वर्षदेखि उनीहरू सम्बन्धमा थिए। चार वर्ष अगाडि कुमारी हलमा एक फिल्मको प्रिमियममा यी दुबै जना सँगै आएपछि दुवैको सम्बन्ध खुलेको थियो।
त्यसपछि यी दुवै धेरै कार्यक्रमहरूमा सँगै देखिन थाले। उनीहरू सँगै घुम्न न्युजिल्यान्डदेखि सगरमाथा आधार शिविरसम्म पुगेका थिए।
उनीहरूबिच विवाहको चर्चा समेत हुने गरेको थियो। तर पछिल्लो समय उनीहरू सँगै देखिन छाडेका छन्। सामाजिक सञ्जालमा नम्रताले दावासँगको तस्बिर बाक्लै राख्थिन्। तर अहिले यो क्रम घटेको छ।
नम्रता निकटका अनुसार उनीहरूबिच मनमुटाव नभई सल्लाहकै अलग भएका हुन्। नम्रता प्राय आफ्नोबारेमा खुल्लमखुल्ला बोल्ने अभिनेत्रीको रूपमा चिनिन्छिन्। २ वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा सञ्चारमाध्यमहरुले आफ्नो नाम को-कोसँग जोडिदिने गरेको भन्दै आफ्नो तीन जना मात्रै प्रेमी भएको बताएकी थिइन्।
मंसिर ५, २०७८ आइतबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।