सम्झौता रद्द भएर पनि विज्ञापन प्रशारण गरेपछि अमिताभ बच्चनले लिए कानूनी साहरा
एजेन्सीः बलिउड अभिनेता अमिताभ बच्चनले एक कम्पनीलाई कानूनी पत्र पठाएका छन्। उनले आफूसँग भएको सम्झौता रद्द भइसक्दा पनि सो कम्पनीले विज्ञापन प्रशारण गरेको भन्दै उनले कानूनी पत्र पठाएका हुन्।
पछिल्लो केही वर्ष यता अमिताभ बच्चन उक्त पान मसाला कम्पनीको विज्ञापनमा देखिँदै आएका थिए। यद्यपि, उनले आफ्नो पछिल्लो जन्मदिन (अक्टोबर ११)बाट सो कम्पनीसँग सम्झौता रद्द गरेका थिए। तथापि, उनी विज्ञापनमा भने देखिन छाडेका थिएनन्।
उनले 'कमला पसन्द' पान मसाला कम्पनीलाई उक्त 'लिगल नोटिस' जारी गरेका हुन्। उनले सम्झौता रद्द गरेको बेला कम्पनीबाट लिएको पैसा समेत फिर्ता गरेका थिए।
मंसिर ५, २०७८ आइतबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।