कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ स्थगित
काठमाडौंः सरकारले भारत, अमेरिका र बेलायतका लागि प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ आज स्थगित गरिएको छ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आवश्यक न्यूनतम सदस्य सङ्ख्या नपुगेपछि सुनुवाइ स्थगित गरिएको हो।
१५ सदस्यीय समितिमा हाल १२ जना मात्र सदस्य कायम छन्। त्यसमध्ये पनि आज केवल ५ जना मात्र उपस्थित भएकाले सुनुवाइ स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
समितिको आगामी बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको छ।
सरकारले केही दिनअघि भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि प्रा. श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो।
मंसिर ५, २०७८ आइतबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।