कांग्रेस अधिवेशन: भक्तपुरका चार वटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

कांग्रेस अधिवेशन: भक्तपुरका चार वटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

काठमाडौः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गतको प्रदेश सभा क्षेत्र अधिवेशन भक्तपुरमा सम्पन्न भएको छ। कांग्रेस निर्वाचन समितिले चार वटै क्षेत्रको मतपरिणाम शनिबार राति अबेर सार्वजानिक गरेको हो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने निर्वाचित भएका छन्। यस्तै सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित भएका छन्। 
    
सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन्। 
    
त्यस्तै निर्वाचन क्षेत्र नं २ अन्तर्गत ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित भएका छन्। उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका छन्।

क्षेत्र नं २कै ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन्।

मंसिर ५, २०७८ आइतबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।