माेटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

माेटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

सुनसरीः जिल्लाको दुहबी नगरपालिका-१२ मा गए राति मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा साइकलमा पछाडि सवार गढी गाउँपालिका-५ का ३३ वर्षीय हरि ऋषिदेव रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो।

घाइते भएका साइकल चालक २९ वर्षीय रघुनन्द ऋषिदेवको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रदेश१-०२-०४६प ७७३५ नम्बरको मोटरसाइकलले उनीहरु सवार साइकललाई गए राति १० बजे ठक्कर दिएको थियो।

मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी शुक्रबारेले जनाएको छ।

मंसिर ५, २०७८ आइतबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।