सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना: २९ घाइते

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना: २९ घाइते

घाइतेहरूको अवस्था मध्यम रहेको छ। आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटना भएको हो।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

मंसिर ५, २०७८ आइतबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।