कांग्रेस अधिवेशन: काभ्रेका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन, भोलि प्रतिनिधि सभा क्षेत्रमा निर्वाचन
क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो। रामबहादुर योञ्जन साे क्षेत्रमा सभापति चयन भएका हुन्। यस्तै उपसभापतिमा चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ चयन भएका छन्।
क्षेत्र नं १कै ‘ख’मा भने सभापतिमा चन्द्रबहादुर लामा निर्वाचित भएका छन्। यस्तै उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित भएका छन्। यस्तै सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी भएका छन्।
क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित भएका छन्। उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ।
क्षेत्र नं २कै ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित भएका छन्। उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी भएका छन्। यस्तै सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित भएका छन्।
अब सोमबार काभ्रेमा कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ। नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गरेका छन् भने २ नम्बर प्रतिनिधि सभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मंसिर ५, २०७८ आइतबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।