माओवादीको वडा सम्मेलन : भोलिसम्म विवरण सार्वजनिक हुने
माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र भोलिसम्म त्यसको विवरण सार्वजनिक हुनेछ।
प्राविधिक कारणले शनिबार सम्मेलन हुन नसकेका वडामा भोलिसम्म नयाँ नेतृत्व चयन हुने ढकालले बताए। माओवादीले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने जनाएको छ।
माओवादीले मङ्सिर २५ गते प्रदेश सम्मेलन हुने र पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।
मंसिर ४, २०७८ शनिबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।