ढोल बजायो गीतको शब्द : नाइँ नाइँ भन्ने भाउ बढाउने तरुनीको जात 

ढोल बजायो गीतको शब्द : नाइँ नाइँ भन्ने भाउ बढाउने तरुनीको जात 

समीक्षा : आजकालका माया साया सबै दायाँ बायाँ

दुई चार दिनको रमझम पछि हुन्छन् घाम छाया ।

विश्वास : धनलाई होइन मनलाई यहाँ माया गर्न सिक

सबै उस्तै हुन्छन् भन्ने दिमागबाटै झिक ।

हिरा बस्नेतको शब्द र विष्णु भट्टराईको लयमा विश्वास नेपाल र समीक्षा अधिकारीले स्वर दिएको गीत 'ढोल बजायो'को भिडियो सार्वजनिक भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरिएको गीत हो 'ढोल बजायो'। गीतमा ‘नाइँ नाइँ भन्ने भाउ बढाउने तरुनीको जात’ भन्ने शब्दमा पनि स्वर दिइएको छ। 

नवराज घिमिरेको युट्युब च्यानलमा राखिएको यो गीतलाई शनिबार दिउँसोसम्म १ लाख ४३ हजार भन्दा धेरैले हेरेका छन्। 

माया प्रीतिमा देखिने विकृति विसङ्गतिलाई मध्य नजर गरेर गीत तयार गरिएको दाबी गरिएको छ। घिमिरेले इमेलमा दिएको जानकारी अनुसार गीतको निर्देशन छायाङ्कन र सम्पादन विष्णु भट्टराईकाे रहेकाे छ। 

गीतको भिडियोमा सहिर केसी, देवु पाण्डे, बिनिता रोका, एलिका सुबेदी, हिरा बस्नेत, प्रकाश आचार्य लगायतका कलाकारको अभिनय रहेको घिमिरेले लेखेका छन्। 

मंसिर ४, २०७८ शनिबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।