माेटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

माेटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

बर्दियाः जिल्लाकाे बाँसगढी नगरपालिका-३ स्कुलचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका-६ का ३५ वर्षीय तिलकराम थारुको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ।

थारुले चलाएको भे१०प ५०६७ नम्बरको मोटरसाइकल गए राति साढे ११ बजे अनियन्त्रीत भएर पल्टिएको थियो।

मंसिर ४, २०७८ शनिबार १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।