कांग्रेस महाधिवेशन: कास्कीका ६ वटै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस महाधिवेशन: कास्कीका ६ वटै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन

कास्कीः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्की प्रदेश सभाका ६ वटै निर्वाचन क्षेत्रमा शुक्रबार नेतृत्व चयन भएका छन्।

कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन् भने १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन्।  

यस्तै क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भएका छन्। उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भएका छन्।

यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए। उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भए।

कास्की क्षेत्र नम्बर ३ को (क)बाट पुष्पेन्द्र पाण्डे सभापतिमा निर्वाचित भए। उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भए।

क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएको जनाइएको छ।

मंसिर ४, २०७८ शनिबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।