कांग्रेस महाधिवेशन: झापाका सबै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस महाधिवेशन: झापाका सबै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन

झापाः नेपाली कांग्रेसकाे महाधिवेशनअन्तर्गत झापाका सबै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन भएका छन्। जिल्लामा दुई जना सभापति निर्विराेध र आठ जना निर्वाचित भएका हुन्।

झापामा प्रतिनिधि सभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन्। जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ।

क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्। नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन्। क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन्।

यस्तै क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापति पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन्। क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन्।

मंसिर ४, २०७८ शनिबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।