सभापतिका दाबेदार कांग्रेस नेता सिंह र कोइरालाबीच भेटवार्ता  

सभापतिका दाबेदार कांग्रेस नेता सिंह र कोइरालाबीच भेटवार्ता  

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिमा समर्थन जुटाउन सभापति पदका दाबेदारहरूसँग भेटवार्ता जारी राखेका छन्।

सभापतिका दाबेदार महामन्त्री शंशाक कोइरालासँग भेटेका शेखरले शुक्रबार अर्का दाबेदार प्रकाशमान सिंहलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। 

पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै कोइरालाले समर्थन जुटाउन सक्रियता बढाएका छन्। उनी शुक्रबार सिंहको निवास चाक्सीवारिमा पुगे।

भेटमा कोइरालाले आफू सभापतिमा उठ्ने बताए भने सिंहले पनि सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका चाक्सीवारि स्रोतले बताएको छ। 

बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलले चाक्सीवारिमै पुगेर सिंहसँग कुराकानी गरेका थिए। 

मंसिर ३, २०७८ शुक्रबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।