एमाले महाधिवेशनको निम्तो पाएपछि प्रधानमन्त्री देउवाले भने, अवश्य आउँछु
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेता सुवासचन्द्र नेम्वाङ र विदेश विभाग प्रमुख राजन भट्टराईले प्रधानमन्त्री देउवालाई निम्तो दिएका हुन्।
मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा हुने पार्टीको महाधिवेशनमा आउन निम्तो दिएको नेता नेम्वाङले जानकारी दिए। प्रधानमन्त्री देउवाले खुसी लागेको र बधाई तथा शुभकामना दिनु भएको नेम्वाङले बताए।
‘मलाई खुसी लागेको छ, तपाईँहरूलाई बधाई तथा शुभकामना छ,’प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै नेम्वाङले उकेरासँग भने,‘प्रधानमन्त्रीले अवश्य आउँछु भन्नु भएको छ।’
नेम्वाङले प्रधानमन्त्रीसँग समसामयिक विषयमा पनि कुरा भएकाे बताए।
मंसिर ३, २०७८ शुक्रबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।