विश्वमै दुर्लभ सुन कछुवा काठमाडौँको टोखामा भेटियो , तस्करीको शंकामा २ जना पक्राउ
सशस्त्रले दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राईलाई सुन कछुवासहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवा फेला पारेको हो।
कहिकतै अपराध भएको जानकारी पाएमा पक्राउ गर्न पाउने कानुनी अधिकार भए पनि थप कानुनी प्रक्रिया अगाडि बढाउने अधिकार शशस्त्र प्रहरीलाई नभएकाले सशस्त्रले सुन कछुवा सहित पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी टोखामा बुझाइएको छ। उनीहरूले सो कछुवा कहाँबाट ल्याएका हुन् र कसलाई विक्री गर्ने प्रयास गरेका थिए सो भने खुलेको छैन।
सुन कछुवा विश्वमै दुर्लभ मानिन्छ। दुई वर्ष अगाडि यो नेपालको धनुषाधामको संरक्षित बनमा फेला परेको थियो। नेपालमा सुन कछुवा फेला परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत सम्प्रेशण गरेका थिए। पछि कछुवा सोही स्थानमा छाडिएको थियो।
मंसिर ३, २०७८ शुक्रबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।