कैलालीको १३ स्थानीय तहमध्ये ११ मा देउवा समूह विजयी
काँग्रेस पालिका अधिवेशनमा कैलालीका ११ स्थानीय तहमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भए। दुई स्थानीय तहमा मात्र संस्थापन इतर समूह नेतृत्वमा आएको छ।
संस्थापनपक्षबाट धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, मोहोन्याल गाउँपालिकामा कमल साउद, चुरे गाउँपालिकामा हेम शाह, लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर जानकी गाउँपालिकामा गणेश रेग्मी, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र, जोशीपुर गाउँपालिकामा वंशीराम चौधरी, गौरीगङ्गा नगरपालिकामा पहलविक्रम चन्द, बर्दगोरीया गाउँपालिकामा कृष्ण विष्ट र कैलाली गाउँपालिकामा कृष्ण चौधरी सभापतिमा निर्वाचित भएका छन्।
धनगढी उपमहानगरपालिका, कैलाली गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकाको नेतृत्व सर्वसम्मत भएको थियो। अन्यत्र निर्वाचन भएको थियो।
संस्थापन इतर समूहबाट गोदावरी नगरपालिकामा वीर बहादुर चोखाल र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह विजयी भएका छन्।
मंसिर ३, २०७८ शुक्रबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।