७० दिनमा सकियो 'प्रेमगन्ज'को छायांकन, लगानी दुई करोड
पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो। दोस्रो लकडाउन सुरु भएपछि केही समय सुटिङ स्थगित भएको थियो।
कोरोनाका कारण लकडाउन हुँदा पनि 'प्रेमगन्ज' निर्माण युनिटले निर्माणको काम रोकेको थिएन। चलचित्रको छायाङ्कन सकिदा दुई करोड लगानी भएको निर्माण टिमले दाबी गरेको छ।
छायाङ्कनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेम गन्जको क्यामेरा रोल ७० दिन भएको थियो। चलचित्र काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ।
बेनिसा हमाल ,तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रशान्त , शुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन्। चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाँल हुन।
मंसिर ३, २०७८ शुक्रबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।