२९६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु 

२९६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु 

काठमाडौँ : नेपालमा शुक्रबार थप २९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर ८ हजार ९७२ नमुना परीक्षण गर्दा २९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

योसँगै पीसीआर परीक्षणका क्रममा सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख १८ हजार ५७८ पुगेको छ। यस्तै एन्टीजेन परीक्षणका क्रममा सङ्क्रमित हुनेको सङ्ख्या ९५ हजार २७५ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित मध्ये ३६९ जना निको भएर घर फर्केका छन्। हालसम्म ७ लाख ९९ हजार ५४५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९७.७ प्रतिशत रहेको छ। 

यस्तै शुक्रबार थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५३९ रहेको छ। ९८ जना क्वारेनटाइनमा रहेका छन्।

मंसिर ३, २०७८ शुक्रबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।