इन्टाग्राम र फेसबुकमा साथी बनेर नग्न तस्बिर मागेको आरोपमा पक्राउ

इन्टाग्राम र फेसबुकमा साथी बनेर नग्न तस्बिर मागेको आरोपमा पक्राउ

काठमाडौँ : इन्टाग्राम र फेसबुक मार्फत नबालिका र युवतीलाई साथी बनाएर पछि धम्क्याउँदै नग्न तस्बिर पठाउन लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। साइबर ब्युरोले काठमाडौँ भोटेबहाल बस्ने २० वर्षका लव खड्गीलाई पक्राउ गरेको हो।

उनले प्रारम्भमा इन्टाग्राम र फेसबुकमा साथी बन्न अनुरोध गर्ने र साथी बनेपछि नग्न तस्बिर पठाउन दबाब दिने गरेको प्रहरीको दाबी छ। तस्बिर पठाउन नमाने पटक-पटक धम्क्याउने गरेको उजुरीको आधारमा खड्गी पक्राउ परेका हुन्।

ब्युरोले उनलाई विद्धुतिय कारोबार अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको जानकारी दिएको छ। अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको छ।

मंसिर ३, २०७८ शुक्रबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।