रुकुमपश्चिममा डिग्रे मेलाका कारण कांग्रेसको प्रदेश अधिवेशन सर्‍यो

रुकुमपश्चिममा डिग्रे मेलाका कारण कांग्रेसको प्रदेश अधिवेशन सर्‍यो

सुर्खेत : रुकुमपश्चिममा नेपाली कांग्रेसको प्रदेश अधिवेशन सरेको छ।

प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने डिग्रे मेलाको कारण शुक्रबारका लागि तोकिएको प्रदेश अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस रुकुमपश्चिमका पार्टी सभापति प्रेम प्रकाश वलीले जानकारी दिए। 

अधिवेशन मङ्सिर ५ गतेसम्मका लागि सारिएको उनले बताए। ‘धार्मिक अवसरमा परापूर्वकालदेखि लाग्दै आएको महत्त्वपूर्ण स्थानीय पर्व डिग्रे मेला र पूर्णिमा भएका कारण विभिन्न ठाउँमा कुल देवता पुजाई हुने हुँदा अधिवेशन स्थगित गरिएको हो’, उनले भने, ‘स्थगित भएको प्रदेश अधिवेशन ५ मङ्सिरमा गर्ने सहमति भएको छ।’ रुकुमपश्चिमको सातौँ जिल्ला अधिवेशन भने मङ्सिर ६ गते तोकिएको छ।

मंसिर ३, २०७८ शुक्रबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।