नायिका कङ्गना मोदीसँग रिसाइन

नायिका कङ्गना मोदीसँग रिसाइन

एजेन्सी : पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्दै आएकी कङ्गना रनौत मोदीसँग रिसाएकी छिन्। मोदीका हरेक विवादित निर्णय र अभिब्यक्तीलाई साथ दिँदै आएकी उनी शुक्रवार भने रिसाइन्।

मोदीले शुक्रवार सबैलाई छक्क पार्दै एक निर्णय गरेपछि कङ्गना रिसाउँदै इन्टाग्रामको स्टोरीमा दुखद, शर्मनाक र अनफेयर बनाइन्। उनले लेखिन्' यदि संसद्मा बसेका व्यक्तिहरूको साटो सडकमा बसेकाहरूले यो देशको कानुन बनाउँछन् भने देश चाँडै जिहादीहरुको देश बन्नेछ।' तर बलिउडका अधिकांश सेलिब्रिटीहरुले भने मोदीको निर्णयको स्वागत गरेका छन्।

मोदी नेतृत्वको सरकारले २०२० मा तीन वटा कृषि कानुन पास गरेको थियो। कानुन आएदेखि नै देशभरका किसानहरू आन्दोलित भए। उनीहरू निरन्तर सडकमा बसेर विरोध प्रदर्शन गरिरहे। पुरै देशमा चक्का जाम गरेका थिए। शुक्रवार मोदीले देशको नाममा सम्बोधन गर्दै त्यही कानुनहरू फिर्ता लिने घोषणा गरेका थिए।

मंसिर ३, २०७८ शुक्रबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।