सुन ल्याएको शङ्कामा विमानस्थलबाट दुई जना पक्राउ 

सुन ल्याएको शङ्कामा विमानस्थलबाट दुई जना पक्राउ 

काठमाडौँ : दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दुई जनालाई अवैध रूपमा सुन ल्याएको शङ्कामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सिराहाका सरोज सायमी र दाङका सिताराम चौधरीलाई अवैध रूपमा सुन ल्याएको शङ्कामा पक्राउ गरेको जनाएको छ। 

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार उनीहरूले भित्री वस्त्रमा फल्स बटम जस्तो बनाएर सुन ल्याएका थिए।

‘शङ्कास्पद रूपमा विमानस्थलको पार्किङ स्थलमा उनीहरू हिँडिरहेका थिए,’उनले भने, ‘प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा अन्डरवेयर भित्र सेतो रङ्गको झोलामा सुन जस्तै देखिने लेदो पदार्थ लुकाएको पाइयो।’

सुन जस्तै देखिने लेदो पदार्थ जाँच गर्न भन्सार विभाग पठाएको बास्तोलाले जानकारी दिए।

मंसिर ३, २०७८ शुक्रबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।