सिद्धार्थ बैङ्कको चेक दिएर झुक्यानमा पार्ने लिम्बु पक्राउ
काठमाडौँ : सिद्धार्थ बैङ्क लिमिटेडको चेक दिएर झुक्यानमा पार्ने काठमाडौँ बुढानीलकण्ठ ठुलोभंगाल चपलीका अन्दीराम इजम लिम्बु पक्राउ परेका छन्।
उच्च अदालत पाटनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको सिद्धार्थ बैङ्कको चेक दिने लिम्बुलाई बैङ्किङ कसुरजन्य अपराध गरेको ठहर गरेको थियो।
अदालतबाट पाँच दिन कैद र ३० लाख रुपैयाँ जरिवाना हुने फैसला भएकोमा फरार भएका लिम्बुलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोले नयाँठिमी भक्तपुरबाट पक्राउ गरेको जनाएको छ।
उनलाई शुक्रबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ।
मंसिर ३, २०७८ शुक्रबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।