बागलुङमा पिकअप दुर्घटना हुँदा बालकको मृत्यु

बागलुङमा पिकअप दुर्घटना हुँदा बालकको मृत्यु

बागलुङः जिल्लाको बुर्तिबाङमा पिकअप दुर्घटना हुँदा एक बालककाे मृत्यु भएकाे छ। ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो। 

प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन्।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

मंसिर ३, २०७८ शुक्रबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।