विश्वासकाे मत लिन मङ्सिर १४ गते कर्णाली प्रदेश सभाको बैठक आह्वान
सुर्खेतः कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। विश्वासकाे मत लिने प्रयाेजनका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका छन्।
“नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मंसिर ३, २०७८ शुक्रबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।