सर्वाेच्चमा आज १० वटा इजलास गठन, सबै खाले मुद्दामा पेसी ताेकियाे

सर्वाेच्चमा आज १० वटा इजलास गठन, सबै खाले मुद्दामा पेसी ताेकियाे

काठमाडाैंः सर्वाेच्च अदालतमा आज १० वटा इजलास गठन गरिएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

आज ताेकिएका ९ वटा संयुक्त र एउटा एकल इजलासमध्ये कुनैमा पनि राणाले आफूलाई इजलास ताेकेका छैनन्। यस्तै कुनै पनि इजलासमा सुनुवाइ सुरु भएकाे छैन। यद्यपि न्यायाधीशहरू आजबाट नियमित इजलासमा फर्किने तयारी भने गरिरहेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरूकाे बिहीबारको पूर्ण बैठक (फुलकोर्ट)ले गोलाप्रथा प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो।

सर्वाेच्चमा प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा गत कात्तिक ८ गते यता अदालतकाे कामकारबाही प्रभावित बन्दै आएकाे छ।

मंसिर ३, २०७८ शुक्रबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।