नेपाल बार र सर्वाेच्च बारले बाेलायाे छुट्टाछुट्टै छलफल
काठमाडाैंः नेपाल बार एसाेसिएसन र सर्वाेच्च बार आज छुट्टाछुट्टै छलफलमा बस्ने भएका छन्। दिउँसाे १ बजेका लागि दुवै बारका सल्लाहकारहरूकाे छलफल बाेलाइएकाे छ।
यस्तै आज सर्वाेच्च परिसरभित्रै काेण सभा पनि चलिरहेकाे छ।
आजबाट सर्वाेच्चका सबै न्यायाधीशहरू इजलासमा बस्ने पनि तयारी गरिरहेका छन्। बिहीबार सर्वोच्च अदालतको फुलकाेर्टमार्फत नियमावली संशोधनको प्रस्ताव पारित भएपछि असन्तुष्ट न्यायाधीशहरू इजलासमा फर्किने तयारी गरेका हुन्।
मंसिर ३, २०७८ शुक्रबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।